१५ दिनमा निको भएका वडाध्यक्षको अनुभव : कोरोनालाई जित्न गाह्रो छैन

 असार ७, २०७७ आइतबार १२:१८:८ | सीताराम ओझा
unn.prixa.net

कैलाली - कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष शर्मानन्द भट्टले कोरोना जित्नुभएको छ। नगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष भट्टले १५ दिनमा कोरोनालाई जित्नुभएको हो । गएको जेठ २४ गते धनगढीको पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना पुष्टि भएका भट्टको लगातार दुई पटक रिर्पोट नेगेटिभ आएको हो ।

कोरोना सङ्क्रमण भएपछि नगरपालिकाको आईसोलेसनमा बसेका वडाध्यक्ष भट्ट घर फर्कनुभएको छ । भट्टले मनोबल उच्च राखेमा कोरोनालाई जित्न सकिने बताउनुभएको छ । उहाँले आफूलाई कोरोना सङ्क्रमण भएको कुनै महसुस नै नभएको बताउँदै आत्मबल बलियो बनाउँदै कोरोनालाई हराउन लागेको बताउनुभयो । आरडीटी रिर्पोट पोजेटिभ आए पनि कुनै लक्ष्मण नदेखिएकोले सुरुदेखि नआत्तिएको बताउँदै उहाँले बीचका केही दिन सास फेर्न समस्या आएपछि अन्य दिन कुनै समस्या नभएको बताउनुभयो । आफूले शारीरिक व्यायाम लगायतका कसरतहरु गरिरहेको पनि उहाँको भनाई छ ।

‘घाँटीमा समातेको जस्तो भएकाबेला डर लागेको जस्तो हुने रहेछ । ज्वरो पनि आयो । त्यसले केही मन आत्तियो’ उहाँले भन्नुभयो, ‘तर डराउनुभन्दा पनि सम्हालिएर अगाडि बढ्दा कोरोनालाई जित्न गाह्रो छैन ।’ 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया