सुर्खेतमा उपचार गराइरहेका दैलेखका काेराेना सङ्क्रमित पुरुषकाे मृत्यु

 असार ९, २०७७ मंगलबार १४:१:१९ | मुना हमाल
unn.prixa.net

सुर्खेत – सुर्खेतमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका दैलेखको दुल्लुु नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीय पुुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिनुभयो ।

ती पुरुष गएकाे असार ३ गते उपचारकाे लागि दैलेखबाट सुर्खेत आएकाे ४ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको डाक्टर पौडेलले बताउनुभयो । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनकाे आइसोलेशनमा राखेर उपचार भइरहेकाे थियाे ।

उनी समुुदायस्तरबाट आएकाेले कोरोना सङ्क्रमण कसरी भयो भन्ने नखुुलेको अस्पतालले जनाएको छ । योसँगै नेपालमा कारोना सङ्क्रमणबाट मृत्यु हुनेकाे सङ्ख्या २४ पुगेको छ ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया