गण्डकी प्रदेश : थप १६ जनामा कोरोना सङ्क्रमण

 असार १३, २०७७ शनिबार २०:१६:४७ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार गण्डकीका तीन जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् ।

नयाँ थपिनेमा कास्की र स्याङ्जामा पाँच/पाँच जना र नवलपरासी सुस्ता पूर्वका ६ जना रहेका छन् । 

सङ्क्रमितलाई आइसोलेशनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका कोरोना सङ्क्रमित आठ सय ५४ मध्ये एक सय २१ जना निको भएर घर फर्किएका छन् । सङ्क्रमितमध्ये अहिलेसम्म दुई जनाको ज्यान गएको छ । 

यसअघि आज बिहान ३२ जना नयाँ सङ्क्रमित थपिएका थिए । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया