पहिरोले घर पुरिंदा स्याङ्जाको गल्याङमा एक जनाको ज्यान गयो

 असार १४, २०७७ आइतबार ८:३:१९ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा परेर स्याङ्जाको गल्याङमा एक जनाको ज्यान गएको छ । 

पहिरोमा परेर गल्याङ नगरपालिका-९ साङ्लियका ४९ वर्षीय यमबहादुर विकको ज्यान गएको वडाध्यक्ष हरी खनालले जानकारी दिनुभयो ।

राति ३ बजेतिर घर माथिबाट आएको पहिरोमा परेर उहाँकी श्रीमती घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि पाल्पा लगिएको छ । 

३ जनाको परिवार रहेको विकको परिवारमा एक जना भने सकुशल रहेका प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया