दार्चुलाबाट बैतडी सर्याे महाकाली नदी नियन्त्रण आयोजना कार्यालय
मंसिर १९, २०८० मंगलबार
बाँकेकी अनिता चाईको बिहे आज भन्दा २५ वर्ष अघि १३ वर्षकै उमेरमा भारतको बहिराइज जिल्लाको एक युवकसंग भयो । बिहेको दिन श्रीमानको घर पुगेपछि सानी अनितालाई उमेर नपुगेको कारण तीन दिन मै माइती फर्काइयो ।
२ वर्षपछि अनितालाई त्यतिबेलाको रीति अनुसार फेरि बिहेघर पठाइयो । दोस्रो पटक घर पुग्दा १५ वर्षकी अनितालाई थाहा भयो श्रीमानको माया अर्की महिलासँग बसिसकेको छ ।
श्रीमानले अर्कै केटीलाई मन पराउन थालेपछि सासुससुरा र श्रीमानको व्यवहार पनि अनिताको सह्य भएन । उहाँ माइती घर बाँके नै फकर्नुभयो । पहिले घरछोडेर माइती बसेकी भन्दै कुराकाट्ने गाउँले अहिले अनिताको वाहवाह गर्छन् । अनिताको आँट, काम देखेर तारीफ गर्छन् । हेरौँ अनिताको भिडियो कथा ।