सुनको भाउ तोलामा एक सय रुपैयाँ घट्यो, कारोबार नहुँदा सुनचाँदी बजार सुनसान

 असार १६, २०७७ मंगलबार ११:२०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज सुनको भाउ घटेको छ । हिजो र अस्ति तोलाको ९१ हजार तीन सय रुपैयाँका कारोबार भएको सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि सुनको भाउ तोलाको ९१ हजार दुई सय रुपैयाँ निर्धारण गरेको छ । हिजो र अस्ति कायम भएको ९१ हजार तीन सय रुपैयाँ अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि शुक्रबार सुन तोलाको ९१ हजार एक सय रुपैयाँ कायम भएको थियो ।

महासंघका अनुसार आज चाँदी भने हिजो अस्ति जस्तै तोलाको नौ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अस्थिर रहेको छ । कारोबार नहुँदा सुनचाँदी बजार सुनसान जस्तै छ ।

विवाहको सिजनमा पनि गरगहना बिक्री नभएको व्यवसायीको गुनासो छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया