चीनद्वारा विवादास्पद हङकङ सुरक्षा कानुन पारित

 असार १६, २०७७ मंगलबार १३:२०:१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चीनले हङकङको सुरक्षा व्यवस्था परिवर्तन गर्ने उद्देश्यले ल्याइएको विवादास्पद कानुन पारित गरेको बीबीसीले जनाएको छ । यो कानुन लागू भएपछि हङकङमा चीनको प्रभाव बढ्ने र शहरको स्वतन्त्रता सीमित हुने आशङ्का गरिएको छ । 

चीनले गएको महिना यो कानुन लागू गर्ने घोषणा गरेको थियो, जुन कानुनमा चीनविरोधी गरिने गतिविधिलाई अपराध ठहर गर्ने प्रावधानहरु छन् । 

यो कानुन प्रयोजनमा आएपछि पृथकतावाद, आतङ्कवाद र विदेश शक्तिसँगको सहकार्यजस्ता गतिविधिलाई नियन्त्रणमा लिन सकिने चीनको दाबी छ । 

गएको वर्ष पनि सुपुर्दगीसम्बन्धी एउटा कानुन ल्याउने चीनको प्रयासको विरोधमा हङकङमा लामो समयसम्म प्रदर्शन भएको थियो । नयाँ कानुनले हङकङको अस्तित्वलाई सङ्कटमा पार्ने प्रजातन्त्र पक्षधरहरुले प्रदर्शन गरेका थिए । 

यो कानुन जुलाई १ मा लागू हुन सक्ने अनुमान गरिएको छ । बेलायतले चीनलाई हङकङ हस्तान्तरण गरेको २३ औँ वार्षिकोत्सवको अवसरमा यही बुधबारअघि नै लागू हुने बताइएको छ । 

लोकतन्त्र समर्थक प्रदर्शनकारीहरुले आइतबार कानुनको विरोधमा मौन र्याली निकालेका थिए । र्याली गैरकानुनी भएको भन्दै प्रहरीले ५३ जनालाई गिरफ्तार गरेको थियो ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया