पार्टीभित्रको विवादबारे घनश्याम भुसालको टिप्पणी : जहाज महाभुमरीमा हेलिने अनिष्ट सम्भावना

 असार १७, २०७७ बुधबार ६:५५:२२ | उज्यालो सहकर्मी

काठमाण्डाै – पार्टीभित्र सत्ता संघर्ष चर्कन थालेपछि नेकपाका नेता एवं कृषिमन्त्री घनश्याम भुसालले मध्यरातमा फेसबुक स्टाटस तथा ट्विट गर्नुभएको छ ।

 

मंगलबार मध्यरातमा उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘हाम्रो जहाज महाभुमरीमा हेलिने अनिष्ट सम्भावना नजिकिन थाल्यो १अर्थात्, हामी हरेकले फेरि एकपटक विवेक र धैर्यको परीक्षा दिनुपर्ने भयो १ नहडबडाएर, एकताबद्ध भएर यसको सामना गरिनेछ ।’

यसैगरी पर्यटनमन्त्री योगेश भट्टराईले पनि पार्टीभित्रको विवादलाई लिएर  राति नै सामाजिक सञ्जालमा स्टाटस लेख्नुभएको छ, ‘आदरणीय कमरेडहरू, एकपटक आफैँलाई हेरौं, अर्कालाई बुझौँ, टाढा नजाऔँ, नजिक आऊँ, संवाद गरौँ संवाद १’

 

मंगलबारको स्थायी कमिटी बैठकमा प्रचण्डसहित नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागेपछि नेकपाभित्रको विवाद चर्किएको छ ।

 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया