अमेरिकामा कोरोनाको दैनिक सङ्क्रमण दर १ लाख पुग्ने विज्ञको चेतावनी

 असार १७, २०७७ बुधबार ९:२३:२४ | एजेन्सी
unn.prixa.net

अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण दर दैनिक १ लाख पुग्ने विज्ञले चेतावनी दिएका छन् ।

अमेरिकाका सङ्क्रामक रोगका वरिष्ठ विज्ञ डा. एन्थोनी फाउचीले कोरोना भाइरसको सङ्क्रमण रोकथाममा गरिएको प्रयास पर्याप्त नभएकोले दैनिक सङ्क्रमण १ लाख पुग्ने चेतावनी दिनुभएको हो ।

थप प्रभावकारी उपाय नअपनाइएमा अमेरिकामा अहिलेको सङ्क्रमण दरभन्दा दोब्बर बढी अर्थात दैनिक एक लाख मानिस सङ्क्रमित हुनसक्ने डा. फाउचीको चेतावनी छ । अहिले अमेरिकामा दैनिक सरदर ४० हजार मानिस सङ्क्रमित हुने गरेका छन् । आउँदा दिनहरू अमेरिकाका लागि  थप चुनौतीपूर्ण हुने उहाँको भनाई छ ।

उहाँले नागरिकस्तरबाट पनि सङ्क्रमण कम गर्न सामाजिक दूरी राख्ने र मास्क लगाउने नियम पालना हुनुपर्नेमा जोड दिनुभएको छ । अमेरिकी सिनेटको समितिले आयोजना गरेको  सुनुवाईमा डा. फाउचीले भाइरस नियन्त्रण गर्न नसकिएको प्रष्टै देखिएको बताउनुभयो हो ।

अमेरिकाको दक्षिण र पश्चिमका राज्यहरूमा सङ्क्रमण तीव्र रूपमा बढीरहेको देखिएको बीबीसीले जनाएको छ । डा. फाउचीले फ्लोरिडा, एरिजोना, टेक्सस र क्यालिफोर्नियालाई अहिले तीव्र गतिमा महामारी फैलिएको राज्यको रूपमा उदाहरण दिनुभएको छ ।

ती  राज्यले व्यवसाय र कारोबार खोल्ने आफ्नो पूर्व योजना स्थगित गरेका छन् । डा. फाउचीका अनुसार देशका केही भागमा रोकथामको राम्रो काम भइरहे पनि देशको एउटा भागमा प्रकोप रहँदा अरू पनि जोखिमा परेका छन् ।  जहाँ सङ्क्रमण बढी छ त्यहाँ मात्र ध्यान दिन नसकेकाले सिंगो देश नै जोखिममा परेको उहाँको भनाई छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया