डल्फिन मन पराउने पर्यटकलाई कोरोनाले रोकेन

 असार १७, २०७७ बुधबार २१:११:४१ | सीताराम ओझा
unn.prixa.net

कैलाली – कोभिड–१९ का कारण पर्यटन वर्ष प्रभावित भए पनि प्रकृतिप्रेमी पर्यटकलाई भने रोक्न सकेको छैन । वर्षायाममा कैलालीका नदीमा देखिने डल्फिनकाे विदेशी पर्यटकले अवलोकन गरेका छन् । 

लकडाउनमा नेपालमै रहेका इङ्ल्याण्डका दुई र नेदरल्याण्डका एक जना पर्यटक टीकापुर नगरपालिका ७ काे बैदी पुगेर डल्फिन अवलोकन गरेका हुन् । 

बर्दियाको ठाकुरद्वारमा बसेका उनीहरु डल्फिन अवलोकन गरी रमाएको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले बताउनुभयो । ‘नजिक-नजिक डल्फिन देखिएपछि उनीहरु खुसी भए’, उहाँले भन्नुभयो । 

अहिलेसम्म पाँच वटा बच्चा र १० वटा वयस्क गरी १५ वटा डल्फिन देखा परेका छन् । मोहना, पथरैया, काँढा गरी तीन वटै नदी र गैरी खोलाको दोभानमा डल्फिन देखा परिरहेको जैविक विविधता संरक्षण कार्यालयले जनाएकाे छ । विश्वमै दुर्लभ मानिने गङ्गेटिक प्रजातिको डल्फिन अवलोकनकाे लागि कैलालीमा हरेक वर्ष विदेशी पर्यटक पुग्ने गरेका छन् । 

कोरोना भाइरसकाे कारण देशकै पर्यटन यस वर्ष प्रभावित भए पनि डल्फिन अवलोकनकाे लागि विदेशी पर्यटक पनि आइपुग्दा उत्साह थपिएको ढुङ्गानाले बताउनुभयो । ‘हरेक दिन आन्तरिक पर्यटक पनि डल्फिन अवलोकनका लागि पुगिरहेका छन्’, उहाँले भन्नुभयो, ‘कोरोनाले पर्यटक आगमनलाई रोक्न सकेको छैन ।’ 

मनसुन सिजनभरि यहाँका नदीहरुमा देखिने डल्फिनले पर्यटनमा ठूलो टेवा पुर्‍याउने स्थानीयको अपेक्षा छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया