भारतमा काेराेना : सङ्क्रमितकाे सङ्ख्या सात लाख नाघ्याे

 असार २३, २०७७ मंगलबार १५:४१:५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतमा पछिल्लो केही हप्तायता कोरोना भाइरसको प्रकोप बढिरहेको छ । दैनिक सङ्क्रमणको दर बढ्दै जाँदा प्रकोप बढ्दै गएको हो । 

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या सात लाख नाघेको छ । अहिलेसम्म सात लाख १९ हजार ६ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाे हाे । सङ्क्रमितमध्ये चार लाख ३९ हजार नौ सय ४८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । 

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा २२ हजार दुई सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या दुई लाख ५९ हजार पाँच सय ५७ भएको छ । 

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण चार सय ६७ जनाको मृत्यु भएपछि कुल मृतकको सङ्ख्या २० हजार एक सय ६० पुगेको मन्त्रालयले जनाएको छ । 

इण्डियन काउन्सिल अफ् मेडिकल रिसर्चका अनुसार ६ जुलाईसम्म भारतमा कोभिड–१९को एक करोड दुई लाख ११ हजार ९२ जनाको नमुना लिइएको छ । 

आईसीएमआरका अनुसार भारतमा प्रत्येक दिन औसत दुई लाख जनाको नमुना सङ्कलन भइरहेको छ ।  

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया