नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि
बैशाख १५, २०८१ शनिबार
काठमाण्डाै – नेपाल प्रहरीको महानिरीक्षक आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्त हुनुभएको छ ।
मन्त्रिपरिषद्को बैठकले थापालाई २८ औँ महानिरीक्षकमा नियुक्त गरेको हो । महानिरीक्षकको दौडमा थापासँगै हरिबहादुर पाल पनि हुनुहुन्थ्यो तर कार्यसम्पादन मूल्याङ्कनमा थापा नै अघि हुनुहुन्थ्यो ।
प्रहरी सेवामा २८ वर्ष बिताउनुभएका थापा भक्तपुरका हुनुहुन्छ । थापाले २०७९ वैशाख १८ गतेसम्म प्रहरीको महानिरीक्षक पद सम्हाल्नुहुनेछ । हालका प्रहरी महानिरिक्षक ठाकुर प्रसाद ज्ञवालीले आजैदेखि अवकास पाउँदै हुनुहुन्छ ।