सङ्खुवासभामा भेटिए डेङ्गी सङ्क्रमित

 असार २६, २०७७ शुक्रबार १९:५९:४६ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा एक जनामा डेङ्गीकाे सङ्क्रमण देखिएकाे छ ।

सभापोखरी गाउँपालिकाकी ४१ वर्षीया महिलामा ज्वरो आउने लक्षण देखिएपछि जिल्ला अस्पतालमा आएर परीक्षण गर्दा डेङ्गी सङ्क्रमण पुष्टि भएकाे हाे । 

जिल्ला अस्पतालमा डेङ्गी परीक्षण गर्ने किट अभाव भएपछि तुम्लिङटारको मनकामना सामुदायिक अस्पतालबाट किट खरिद गरेर ल्याएर ती महिलाको परीक्षण गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी शेखर खत्रीले बताउनुभयो । 

उहाँले किट अभाव भएकाले माग गरिएको तर आउने क्रममा रहेको बताउनुभयो । गएको वर्ष पनि सङ्खुवासभामा जेठ र असार महिनामा डेङ्गीका बिरामीहरु भेटिएका थिए । अस्पतालले डेङ्गीदेखि सावधान हुने सार्वजनिक सूचनासमेत प्रकाशित गरेकाे छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया