स्याङ्जामा कोरोना सङ्क्रमण मुक्त हुनेको संख्या १२८ पुग्यो

 असार २७, २०७७ शनिबार ८:१२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

स्याङ्जा – स्याङ्जामा कोरोना सङक्रमण मुक्त हुनेको संख्या एक सय २८ पुगेको छ । 

६ महिला सहित एक सय ८८ जना सङक्रमितमध्ये २ जनाको ज्यान गएको छ भने अन्य सङ्क्रमित जिल्लाका विभिन्न  आइसोलेसनमा रहेका छन् । 

केही दिनयता, जिल्लामा नयाँ कोरोना सङ्क्रमित भेटिएका छैनन् । विभिन्न आइसोलेसनमा बस्नेहरुको संख्या पनि घट्दो क्रममा छ । भारतबाट नेपालीहरु आउने क्रम घटेसँगै सङक्रमितको दर पनि घटेको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताउनु भयो ।

जिल्लामा ४ जना स्थानीय व्यक्तिमा सङ्क्रमण भेटिएको भए पनि कन्ट्रयाक ट्रेसिङ गर्दा उनीहरुको सम्पर्कमा आएका कसैमा पनि सङ्क्रमण नपाइएको स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख यामप्रसाद शर्माले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया