सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपुरको गैँडाकोटमा बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएकाे सडक खुलेको छ ।
बाढीले भत्काएकाे ठाउँमा डाइभर्सन बनाइएपछि सडक खुलेको प्रहरीले जनाएको छ । गैँडाकोट नगरपालिका ९ काे थुम्सीमा रहेकाे खहरे खोलामा आएको बाढीले डाइभर्सनमा राखेको कल्भर्ट बगाउँदा शनिबार बिहान ४ बजेदेखि सडक अवरुद्ध भएको थियो ।
सडक अवरुद्ध भएपछि खाद्यान्नलगायतका अन्य सामग्री ढुवानी गर्ने गाडी बिहानदेखि रोकिएका थिए । अन्य अत्यावश्यक कामले गुडेका निजी गाडीसमेत रोकिएका थिए । सडक खुलेपछि रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् ।