स्याङ्जा पहिरो अपडेट : ३ जनाको ज्यान गयो, एककाे खाेजी हुँदै

 असार ३०, २०७७ मंगलबार १८:५०:४२ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको कालीगण्डकी गाउँपालिका ४ काे खहरेमा गएको पहिरोमा पुरिएकामध्ये तीन जनाको ज्यान गएको छ । पहिरोमा पुरिएका एक जनाको खोजी भइरहेकाे छ । 

पहिरोमा पुरिएकाकाे नेपाली सेना, सशस्त्र प्रहरी तथा जनपथ प्रहरी तथा एक्स्काभेटरको सहायतामा खोजी गर्ने क्रममा तीन जनाको शव फेला परेको हो । जसमध्ये दुई जनाको सनाखत भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँ घटनास्थलमै पुग्नुभएकाे छ ।  

पहिरोमा पुरिएर तत्कालीन बिर्घा गाविसका अध्यक्ष ७० वर्षीय ईमानसिंह राना र ६० वर्षीय जिमानसिंह थापाको ज्यान गएको पुष्टि भएको हो । अर्का एक जनाको भने सनाखत हुन बाँकी छ ।

मङ्गलबार बिहान पहिरो झरेको थाहा पाएपछि हेर्न गएका रानासहित पाँच जनालाई पहिरोले पुरेको थियो भने एक जनाले भागेर ज्यान बचाएका थिए । प्रहरीले भने बाटो हिँड्ने क्रममा माथिबाट पहिरो आएको जनाएको छ । 

जीवितै उद्वार गरिएका ६८ वर्षीय होमनाथ पाण्डे र ५५ वर्षीय वीरबहादुर रानाको गल्याङमा उपचार भइरहेको छ  । 

त्यस्तै त्यही खहरे खोलाले धार परिवर्तन गर्दा चार घर परिवार विस्थापित भएकाे प्रहरीले जनाएको छ । स्थानीय वीरबहादुर राना,देव बहादुर थापा,जिमान्सिंह राना र तिलीसरा थापाको परिवार विस्थापित भएको हो । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया