सङ्खुवासभा पहिरो अपडेट : बेपत्ता ११ को खोजी हुँदै, पीडितलाई चित्रेबाट बुधबारे सारियो

 असार ३१, २०७७ बुधबार १६:२९:२१ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ बेसिन्दा गाउँका पहिरो पीडितहरुलाई सिसुवाटारको बुधबारे बजारमा सारिएको छ ।

गएको शनिबार रातिकाे वर्षाकाे कारण पहिराे जाँदा सिलिचोङ गाउँपालिका १ बेसिन्दा गाउँका नाै घर बगाउनुका साथै १५ जना बेपत्ता भएका थिए ।

बेपत्ता भएका १५ जनामध्ये उद्धार गरिएका चार जनाको जिल्ला अस्पतालमा खाँदबारी उपचार भइरहेको छ । अविरल वर्षाले जमिन चिरा-चिरा बनाएपछि पीडितहरुलाई बेसिन्दाभन्दा केहीमाथिको सुरक्षित मानिएको चित्रे भन्ने ठाउँमा सारिएको छ ।

बेसिन्दा गाउँका ७३ घर परिवारका तीन सय ५० जनाभन्दा बढीलाई तत्कालकाे लागि चित्रेमा सारिएको थियो । बाक्लो हुस्सु र पानी परिरहेकाे कारण चित्रेमा हेलिकप्टर अवतरण हुन नसकेपछि पीडितहरुकाे सुरक्षालाई मध्यनजर गर्दै सिलिचोङ गाउँपालिका २ मा पर्ने सिसुवाटारको बुधबारे बजारमा सारिएको हो । 

गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले सुरक्षाकाे हिसाबले वृद्धावृद्धा र बालबालिकाहरुलाई समस्या हुने देखिएपछि बुधबारे बजारमा सारिएको जानकारी दिनुभयो । 

पहिरोमा परेर हराइरहेका ११ जनाकाे चार दिनदेखि खोजी भइरहेको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज मल्लले बताउनुभयो । 

चार दिनदेखि प्रहरी १५ जना, सशस्त्र १५ र नेपाली सेना ३० गरी ६० जना सुरक्षाकर्मी र स्थानीयहरुले खोजी गरिरहेको उहाँले बताउनुभयो । प्रदेश सरकारमार्फत राहत सामग्री बोकेर चित्र पुगेको हेलिकप्टर दुई दिनसम्म पनि अवतरण हुने नसकेकाे हाे । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया