वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
पाल्पा–बुटवलको सडक अवरुद्ध भएको छ ।
सिद्धार्थ राजमार्गको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै निरन्तर पहिरो खस्दा शुक्रबार बेलुकी साढे १० बजेदेखि सडक अवरुद्ध भएको हो ।
पहिरो गएको ठाउँमा रहेका गाडी सार्ने क्रममा सडक किनारको नालीमा फसेको लु १ क ११७५ नम्बरको ट्रक पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सडक माथिल्लो भागबाट निरन्तर ढुंगा सहितको पहिरो खसेकाले डोजर लगाउन समस्या भएको प्रहरीको भनाई छ ।
पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ ।