गएको साता खाडीका ३ देशमा मात्रै कोरोनाबाट १६ नेपालीको ज्यान गयो

 साउन ४, २०७७ आइतबार ७:४५:४५ | उज्यालो सहकर्मी

काठमाण्डौ – खाडी देश कतार, कुवेत र यूएईमा एक हप्तामा १६ जना नेपालीको कोरोनाको कारण ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार गएको साता कतारमा ८, कुवेतमा ३ र यूएईमा ५ जना नेपालीको कोरोनाबाट ज्यान गएको हो ।

कतारमा ज्यान गुमाउने ८ जनामध्ये २ जनाको मृत्यु अघि नै कोरोना पुष्टि भएको र बाँकी ६ जनाको मृत्युपछि कोरोना पुष्टि भएको स्वास्थ्य समितिले जनाएको छ । गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न १४ देशमा रहेका १ सय ६० जना नेपालीको कोरोनाका कारण ज्यान गएको छ ।

समितिका अनुसार २० देशमा रहेका नेपालीहरु पूर्ण रुपमा कोरोना मुक्त भएका छन् । अहिलेसम्म कोराना सङ्क्रमितमध्ये ९३ प्रतिशत नेपालीहरु निको भएको स्वास्थ्य समितिले जनाएको छ । पछिल्लो समय अफ्रिकी देशमा कोरोना सङ्क्रमित नेपाली बढेका थिए । तर अहिले सबैजना उपचारपछि निको भएका छन् ।

अहिलेसम्म विदेशमा रहेका ३१ हजार ५ सय २१ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २८ हजार ६ सय ८१ जना निको भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

तर मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने अझै कोरोना भाइरसको सङ्क्रमण रहेको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया