परीक्षण कम गरेर सङ्क्रमितको सङ्ख्या थोरै देखियो भनेर भ्रम फैलाउन खोजियो : मन्त्रालय

 साउन ४, २०७७ आइतबार १७:१६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काेराेना परीक्षण कम गरेकैले सङ्क्रमित घटेको भन्ने भ्रामक प्रचार भइरहेको भन्दै सरकारले आपत्ति जनाएको छ ।

स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले सरकारले प्रयोगशाला बढाइरहेको र प्राथमिकताका आधारमा परीक्षण भइरहेको बताउनुभयो । सरकारले बनाएको मापदण्डअनुसारका व्यक्तिको परीक्षण भइरहेको भन्दै उहाँले अहिले कोरोना पोजेटिभ हुनेको सङ्ख्या मात्रै नभइ प्रतिशत पनि घट्दै गएको बताउनुभयो ।

तर पनि विदेशबाट आउने क्रम यथावत् रहेको, छिमेकी देशमा सङ्ख्या बढ्दै गएको र भिडभाड बढेका कारण नेपाल अझै उच्च जोखिममै रहेको उहाँले बताउनुभयो । भएका स्रोत, साधनको उचित परिचालन गरेर सरकारले कोरोना रोकथाम गरिरहेको र नागरिकले पनि आफ्नो कर्तव्य पालना गर्नुपर्ने प्रवक्ता डा. गौतमले बताउनुभयो ।

मन्त्रालयको प्राथमिकतामा रहेका ४५ हजार जनाको परीक्षण भइरहेको र अनावश्यक व्यक्तिमा परीक्षण गर्नुपर्छ भनेर स्रोत, साधनको दुरुपयोगमा प्रोत्साहन नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।

काठमाण्डौमा ठूलो सङ्ख्यामा परीक्षण गर्दा अत्यन्तै न्यून सङ्क्रमित भेटिएकाले अहिलेलाई परीक्षणभन्दा पनि सतर्कता जरुरी रहेको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • निरोज निरौला

    July 19, 2020, 8:27 p.m.

    बिदेसबाट आउनेको मात्र कोरोना टेस्ट गरेर भएन समुदाय स्तरमा पनि परिक्छण बढाउनु पर्छ के थाहा समुदायमै कोरोना फैलेको पो छ कि

  •  0 Reply

तपाईको प्रतिक्रिया