प्रदेश प्रहरी कार्यालय विराटनगरका १९ प्रहरीसहित ३१ जनामा कोरोना सङ्क्रमण

 साउन ११, २०७७ आइतबार १८:६:३५ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – प्रदेश १ मा प्रदेश प्रहरी कार्यालय विराटनगरका १९ जना प्रहरीसहित ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मोरङमा २२ र इलाममा नाै जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा रहेको कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १९ जना प्रहरीमा कोरोना सङ्क्रमण देखिएको हो । एक जना महिलासहित प्रहरीमा कोरोना पुष्टि भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले बताउनुभयो ।

यसैबीच प्रदेश १ मा आइतबार १२ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत आठ महिला र चार पुरुष डिस्चार्ज भएका हुन् ।

यस्तै विराटनगर महानगरपालिकाले कोरोना भाइरस समुदायस्तरमा फैलन सक्ने भन्दै केही समय अत्यावश्यक सेवाबाहेक सामान्य सेवाका काम बन्द गर्ने निर्णय गरेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया