स्याङ्जाका एसपीसहित १८ प्रहरीमा कोरोना पुष्टि

 साउन १२, २०७७ सोमबार १७:१५:२६ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सहित १८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत तीन जना प्रहरीमा कोरोना भाइरस देखिएपछि कार्यालयभित्र रहेका सबैको कोरोना परीक्षण गरिएको थियो ।

स्याङ्जाका १८ जना प्रहरीमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टि गरेको हो । स्याङ्जाका प्रहरी प्रमुखले आफूसहित १८ जना प्रहरीमा कोरोना भाइरस देखिएको बताउनुभएकाे हाे । हो ।

अग्रपङ्क्तिमा रहेर कोरोना रोकथामका लागि काम गरिरहेकामा कोरोना देखिनु स्वभाविक भएको प्रहरी प्रमुखको भनाइ छ । परीक्षणका क्रममा स्याङ्जाका ३९, २७, ३७, २८, ४१, ३३, ३८, ३४, ४६, ३१, ३५, २७, ४१, २७, ३४, ४४ र ३६ वर्षी पुरुषहरु र २६ वर्षीय महिलामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि गठन गरिएको उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोद विन्दु शर्माले बताउनुभयो ।

नयाँ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले जिल्लामा रहेकाे आइसोलेसन र हेलुकाे आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया