आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै - स्थलमार्ग हुँदै नेपाल फर्कने सबैको कोरोना परीक्षण गर्न सरकारले निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले स्थलमार्गबाट सीमानाकामा आएका व्यक्तिलाई सम्बन्धीत नाका रहेका गाउँ तथा नगरपालिकाले स्वाब सङ्कलन गरेर रिपोर्ट नआउञ्जेल क्वरेण्टीनमै राख्न निर्देशन दिएको छ ।
विदेशबाट आउनेलाई जाँचविनै घर पठाएको गुनासो आएको भन्दै मन्त्रालयका प्रवक्ता डा जागेश्गर गौतमले स्वाब सङ्कलन गरेर र रिपोर्ट आएपछि मात्रै घर पठाउन निर्देशन दिइएको बताउनुभयो ।
यस्तै सरकारी कर्मचारी र सुरक्षाकर्मीले पनि कोरोनाबाट बच्न सुरक्षा सतर्कता नअपनाएको भन्दै मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।
नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले सिंहदरबारमै काम गर्ने सरकारी कर्मचारी तथा सुरक्षाकर्मीले पनि मास्क नलगाएको, लगाए पनि ठिकसँग नलगाएको, सामाजिक दूरि कायम नगरेको लगायतको गुनासो आएकाले अनिवार्य रुपमा ठीक ढंगले मास्क लगाउन र अन्य नियम पालना गर्न निर्देशन दिनुभयो ।