मेलम्ची पहिरो अपडेट : बेपत्तामध्ये ७ जनाको शव भेटियो, एकको खोजी चल्दै

 साउन १९, २०७७ सोमबार १०:३८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोमा परेर बेपत्ता भएका ८ जनामध्ये ७ जनाको शव फेला परेको छ । 

उनीहरुको पहिचान भने खुल्न सकेको छैन । पहिरोमा पुरिएका १ जनाको खोजी भइरहेको छ । अर्का उद्धार गरिएका घाइतेको मेलम्चीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाण्डौ पठाएको वडाध्यक्ष रुद्रप्रसाद दुलालले जानकारी दिनुभयो । 

लगातारको वर्षासँगै राति पहिरो खसेपछि ९ जना पुरिएका थिए । उनीहरु वाग्मती प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्ड हल बनाउन खटिएका कामदार रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख फलबहादुर तामाङले जानकारी दिनुभयो ।

मेलम्ची बजार पिपलबोट नजिक ढिस्को खसेर कामदार सुतेको घर पुरेको हो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया