ओली–दाहालबीच छलफल भयाे, सहमति भएन

 साउन २०, २०७७ मंगलबार २०:१२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मङ्गलबार पनि छलफल भएको छ ।

पार्टीभित्रको आन्तरिक विवाद समाधानका विषयमा उहाँहरुबीच छलफल भए पनि ठोस निर्णय भने केही नभएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । थापाका अनुसार बुधबार फेरि छलफल हुने छ ।

यही साउन १९ गतेदेखि आपसी संवाद बढाउनुभएका उहाँहरुका साथ मङ्गलबारकाे छलफलमा पनि वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी हुनुभएको नेकपाका प्रचार विभाग उपप्रमुख थापाले जानकारी दिनुभयो । उहाँहरुबीच सोमबार पनि भेटवार्ता भएको थियो ।

पार्टी भित्रको विवाद समाधानका लागि दुई अध्यक्षबीच पटक–पटक छलफल भए पनि अहिलेसम्म समाधान निस्किएको छैन ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया