रसुवागढी नाका जोड्ने सडक अबको एक हप्ताभित्र एकतर्फी सञ्चालनमा आउने

 साउन २१, २०७७ बुधबार ९:०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवागढी नाका जोड्ने सडक अबको एक हप्ताभित्र एकतर्फी सञ्चालनमा आउने भएको छ ।

धुञ्चे–स्याफ्रुबेसी सडकखण्डको भार्खु डाँडामा कटान भएको सडक मर्मतको काम चलिरहेकाले अबको एकहप्ताभित्र सञ्चालनमा आउने सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ ।

भार्खुडाँडामा ५० मिटर सडक कटान भएर १ मिटरमात्रै बाँकी छ ।  अहिले यहाँ पर्खाल बनाउने काम चलिरहेको छ । पर्खाल बनाएपछि भने दुइतर्फी रुपमा नै सञ्चालनमा आउने छ । यो सडकखण्ड साउन १८ गतेदेखि बन्द छ । रसुवाका अरु सडकखण्ड भने सञ्चालनमा छन् । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया