ओली र दाहालबीचको भेटवार्ता अन्तिम समयमा स्थगित

 साउन २१, २०७७ बुधबार १७:५१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बुधबारकाे लागि तय भएको भेटवार्ता स्थगित भएको छ ।

बुधबार बेलुकी ५ बजेका लागि तय भएको भेटवार्ता बिहीबार बिहानसम्मका लागि स्थगित भएको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

यही साउन १३ गतेपछि झण्डै १ हप्ता संवादहीनतालाई तोड्दै दुई अध्यक्षबीच छलफल सुरु भएको थियो ।

छलफलका क्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले स्थायी समिति बैठकमा आफू नजाने, केन्द्रीय समिति बैठक नबोलाउने, स्थायी समिति बैठक राखेमा वैधानिक नहुने, दुवै पद नछोड्नेलगायत अडान राख्दै आउनुभएको छ ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने प्रधानमन्त्री ओलीले कुनै एक पदबाट राजीनामा दिनुपर्ने, राेकिएकाे स्थायी समिति बैठक सुरु गर्नुपर्ने र त्यो नभए केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने बताउँदै आउनुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया