सुन र चाँदीकै भाउमा नयाँ रेकर्ड

 साउन २३, २०७७ शुक्रबार १०:३२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोनाको सङ्क्रमण बढेदेखि नै दैनिक कीर्तिमान बनाइरहेको सुनको भाउले आज अर्को रेकर्ड बनाएको छ । 

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ बढेर तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

हिजो तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता आकर्षित भएको तर उत्पादन कम भएको तथा ठूला देशबीच द्वन्द्व बढ्दै गएकाले सुनको भाउ लगातार उकालो लागेको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो ।

यस्तै चाँदीको भाउले पनि आज रेकर्ड बनाएको छ । चाँदी आज तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँ पुगेको छ । यसअघि २०६८ साल वैशाख १६ गते चाँदीको भाउ अहिलेसम्मकै महँगो तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया