पर्सा : बहुदरमाई नगरपालिकाका मेयरसहित ५१ जनामा कोरोना सङ्क्रमण

 साउन २४, २०७७ शनिबार १२:२०:३४ | केसी लामिछाने
unn.prixa.net

पर्सा  - पर्सामा बहुदरमाई नगरपालिकाका प्रमुख नितेन्द्रमाप्रसाद साहसहित ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

नारायणी अस्पतालको प्रयोगशालाको रिपोर्टअनुसार पर्सामा नगरप्रमुख साहसहित ५५ जना कोरोना सङ्क्रमित थपिएका हुन् । जसमध्ये ८ जना महिला छन् । नगरपालिका प्रमुख साह  १ हप्तादेखि होम क्वरेण्टीनमा हुनुहुन्थ्यो । 

साहलाई ज्वरो आएको र रुघाखोकी लागेको छ । सङ्क्रमित हुनेमा स्वास्थ्यकर्मीहरु पनि छन् । सङ्क्रमितहरु २० वर्षदेखि ७४ वर्ष उमेर समूहका छन् । 

यस्तै बारामा ३ जना र सर्लाहीमा १ जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट मदनकुमार उपाध्यायले बताउनुभयो । 

सङ्क्रमितहरुमध्ये वीरगञ्ज महानगरपालिका ४ बिर्ताकी एक २२ वर्षीया युवती, वडा ७ रेशमकोठीका एक २२ वर्षीय पुरुष, वीरगञ्ज ९ की ६० वर्षीया महिला, वडा १० का २२ वर्षीया महिलासहित २४,  ३७, ५०, ५० वर्षका ४ जना पुरुष रहेका छन् ।

वडा ११ श्रीपुरका एक ३७ वर्षीय पुरुष र एक ५० वर्षीया महिला गरी २ जना रहेका छन् । वडा १२ मुर्लीका एक ४९ र एक ६० वर्षीय २ पुरुषमा पनि कोरोना सङ्क्रमण देखिएको छ । त्यस्तै वीरगञ्ज महानगरपालिका वडा १६ नगवाका २४ वर्षका २, ३८ र ५० वर्षका एक एक गरी वर्षीय गरी ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

 पर्साको विश्रामपुर हेल्थ पोस्टमा गरिएको कन्ट्याक्ट ट्रेसिङमा परेका ८ जना, नगरदाहा हेल्थ पोस्टको कन्ट्याक्ट ट्रेसिङमा परेका एक जना, बहुदरमाई नगरपालिका भावाराटारका ४ जना, बैरियाका २ जना, बहुवारी पिडारीका ४ जना रहेका छन् ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया