पर्साका थप ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि

 साउन २५, २०७७ आइतबार १३:२४:२७ | केसी लामिछाने
unn.prixa.net

पर्सा – पर्साका थप ७१ जना कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालकाे प्रयाेगशालमा गरिएकाे परीक्षणमा पर्साका थप ७१, बाराका तीन र सर्लाहीका एक गरी ७५ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।  

७५ जना सङ्क्रमितमध्ये ६० जना पुरुष र १५ जना महिला छन् । १२ देखि ६८ वर्ष उमेरसम्मका मानिसमा सङ्क्रमण पुष्टि भएको छ । 

सङ्क्रमित हुनेमध्ये आठ जना प्रहरी, भारतीय महावाणिज्यदूतावासका एक जना कर्मचारी,  नारायणी अस्पतालका दुई जना कर्मचारी, वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य महाशाखाका कर्मचारीसमेत रहेकाे नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले बताउनुभयो ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया