सर्लाहीमा भाेलिदेखि ७ दिनका लागि निषेधाज्ञा

 साउन २५, २०७७ आइतबार २०:३५:२९ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – कोरोना भाइरसकाे सङ्क्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले सर्लाहीले निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले साेमबारदेखि आउँदो ३२ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्न सिफारिस गरेअनुसार जिल्ला प्रशासन कार्यालयले निषाेधाज्ञा जारी गरेको हो । प्रशासनले अत्यावश्यक कामबाहेक कसैलाई पनि घरबाहिर ननिस्कन भनेको छ ।

नेपालमा कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि सङ्क्रमण रोक्न सरकारबाट प्राप्त निर्देशन र ऐन नियमले दिएको अधिकार उपयोग गर्दै जिल्ला र पालिकाले भूमिका बढाएका छन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया