नजिकै ठूलो पानी परे पनि नजिकै अर्को ठाउँमा नपर्ने संभावना

 साउन २७, २०७७ मंगलबार ७:४७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आज पनि देशका थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । 

तर नजिकै कतै ठूलो पानी परे पनि नजिकै अर्को ठाउँमा नपर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाकी मौसमविद् विभूति पोख्रेलका अनुसार आज दिउँसो गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । 

यस्तै अहिले बदली भएको धेरै ठाउँको मौसम विस्तारै खुलेपनि बेलुकातिर फेरि पानी पर्ने उहाँको अनुमान छ ।

आज राति पनि प्रदेश १, प्रदेश २,  वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । केही दिनयता दिउँसो कम पानी पर्दा गर्मी भने बढेको छ ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया