गाेङ्गबु हत्या प्रकरण : आराेपित महिला सार्वजनिक

 साउन २७, २०७७ मंगलबार १२:५८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - दाङका कृष्णबहादुर बोहराको हत्या आरोपमा प्रहरीले एक महिलालाई सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर टेकुले पत्रकार सम्मेलन गरेर चितवनको कालिकानगर नगरपालिका-७ घर भई काठमाण्डौ गोङ्गबुमा बस्दै आएकी कल्पना मुडभरी पौडेललाई सार्वजनिक गरेको हो ।

हत्यापछि एम्बुलेन्स चढेर चितवन पुगेकी पौडेललाई आज बिहान काठमाण्डौ ल्याएको प्रहरीले केहीबेरअघि सार्वजनिक गरेको हो । पौडेलले बोहरालाई दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट हालेर खुवाएको र लठ्ठ भएपछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको काठमाण्डौ प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिनुभयो । 

उहाँकाअनुसार हत्या भएका बोहरा आठ महिनादेखि होटलमा बस्दै आउनुभएको र पौडेलसँग फेसबुकमार्फत चिनजान बढेको पाइएको छ । घटनामा संलग्न रहेको आशंकामा पौडेलकी छोरीलाई पनि प्रहरीले चितवनबाटै पक्राउ गरेको छ ।

काठमाण्डौको टोखा नगरपालिका वडा नम्बर १० को गोङ्गबु नवज्योति मार्गमा अस्ति आइतबार बोहोराको शव टुक्रा पारेर फालेको अवस्थामा भेटिएको थियो । शव टुक्रा–टुक्रा अवस्थामा भेटिएपछि प्रहरीलाई बोहराको पहिचान गर्नै समय लागेको थियो । 

प्रहरीले सोमबार बोहराको अनुहार सामाजिक संजालमा हालेपछि पहिचान खुलेको थियो । त्यसलगत्तै थालिएको अनुसन्धानका आधारमा प्रहरीले कल्पना मुडभरी पौडेललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया