न्यूजिल्याण्डको ओक्ल्याण्डमा आजदेखि  फेरि तीन दिनका लागि  लकडाउन

 साउन २८, २०७७ बुधबार ८:४७:१२ | एजेन्सी
unn.prixa.net

न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा आजदेखि  फेरि तीन दिनका लागि  लकडाउन लागू भएको छ । एकसय दुई दिनपछि फेरि ४ जनामा कोरोना सङ्क्रमण भएपछि लकडाउन लागू भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

न्युनिल्याण्डमा एकसय दुई दिनसम्म कोरोना भाइरसको स्थानीय सक्रमण देखिएको थिएन । यात्रा नगरेका एकै परिवारका चारजनामा हिजो कोरोना भाइरसको सङक्रमण देखिएपछि लकडाउन गरिएको खबरमा उल्लेख छ ।

सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरुको खोजी भइरहेको छ ।  ओक्ल्याण्डका बासिन्दालाई घरमै बस्न भनिएको छ । ठूलो सङ्ख्यामा मानिस भेला हुन पाउने छैनन् । अत्यावश्यक बाहेकका व्यवसायहरु बन्द गरिने र  देशभर नै सामाजिक तथा भौतिक दूरी कायम गर्नु पर्ने नियम लागू हुने जनाइएको छ ।

न्युजिल्याण्डमा अहिलेसम्म जम्मा सङ्क्रमितको सङ्ख्या १५ सय ७० छ भने २२ जनाको ज्यान गएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया