सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै – सरकारले सपिङ मल, रेस्टुरेन्ट, होटल आदि व्यवसायमा संलग्न व्यवसायी तथा कर्मचारीहरुलाई कोरोना परीक्षण गराउन आह्वान गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकालेर धेरैको सम्पर्कमा आउने त्यस्ता व्यवसायीहरुले आफ्नै खर्चमा व्यवसायमा संलग्नहरुको कोरोना परीक्षण गर्न तथा गराउन आह्वान गरेको हो ।
यस्तै मन्त्रालयले अग्रपङ्क्तिमा रहेर काम गर्ने सबै स्वास्थ्यकर्मीहरुको अनिवार्य पीसीआर परीक्षण गरेरमात्र काममा लगाउन सबै अस्पतालहरुलाई निर्देशन दिएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिनुभयो ।
पछिल्ला दिन काठमाण्डौ उपत्यकामा कोरोना सङ्क्रमित भेटिने क्रम बढेको छ । उपत्यकामा समुदायस्तरमै कोरोना सङ्क्रमित भेटिने क्रम बढेपछि विज्ञहरुले थप सचेतता अपनाउनुपर्नेमा जोड दिइरहेका छन् ।
बाक्लो बस्ती, आर्थिक क्रियाकलाप तथा जोखिम वर्ग धेरै भएकोले यहाँ कोरोनाको महामारी चर्को हुने भएकाले अहिले नै नियन्त्रणका लागि थप पहल आवश्यक रहेको विज्ञहरुको भनाइ छ ।