७७ वटै जिल्लाबाट सवारी पास वितरण बन्द

 साउन २८, २०७७ बुधबार २१:५८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । 

गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको हो ।

'हालसम्म जारी हुँदै आएको सवारी पास व्यवस्थालाई अर्को व्यवस्था लागू नभएसम्मका लागि साउन २९ देखि वितरण नगर्न/नगराउनुहुन आदेशानुसार अनुरोध छ', विज्ञप्तिमा भनिएको छ ।

यसअघि सरकारले अत्यावश्यक कामका लागि अन्तर जिल्ला जान सवारी पास वितरण गर्दै आएको थियो । पछिल्लो समय काठमाण्डौ उपत्यकासहित देशभर कोभिड-१९ को सङ्क्रमण बढ्दो छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया