वैदेशिक रोजगार विभागका राहत, उद्धार तथा मुद्दासँग सम्बन्धित काम नरोकिने, इमेलमार्फत निवदेन दिनुपर्ने

 साउन २९, २०७७ बिहिबार १२:१५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना महामारीका कारण वैदेशिक रोजगार विभागका अन्य सेवाहरु बन्द भए पनि केही अत्यवाश्यक सेवा भने बन्द नहुने विभागले जनाएको छ ।

राहत, उद्धार तथा मुद्दासँग सम्बन्धित कामहरु हुने विभागले जनाएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार कोरोना सङ्क्रमणको फैलावटलाई मध्यनजर गर्दै राहत उद्धार शाखा र अनुसन्धान तथा मुद्दा शाखासँग सम्बन्धित सम्पूर्ण उजुरीहरु विभागको इमेलबाट मात्र हेरिनेछ ।

यस्तै राहत, उद्धार शाखाबाट प्रदान गरिने आर्थिक सहायता सम्बन्धी सिफारिस लिन तथा उद्धारको लागि निवेदन पेश गर्न विभागमा आउनै पर्ने अवस्था भएमा सेवाग्राहीले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ ।

संस्था दर्ता शाखाबाट प्रदान गरिने सेवाहरुमध्ये संस्था नवीकरण सम्बन्धी कार्य र वार्षिक प्रगती विवरण बुझ्ने कार्य मात्र गरिने विभागले जनाएको छ । नवीकरण भएको इजाजतपत्र भने अर्को सूचना जारी भएपछि मात्र वितरण गरिनेछ ।

यस्तै जुनसुकै सेवा सम्बन्धी सोधपुछ तथा ताकेता इमेल तथा टेलिफोनमार्फत मात्र गर्न सकिने विभागले जनाएको छ । सेवाग्राहीले आफ्ना सेवा सम्बन्धी उजुरीहरु विभागको इमेल [email protected][email protected] मार्फत दिन विभागले आग्रह गरेको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया