एउटै उद्याेगका ३० मजदुरमा काेराेना सङ्क्रमण

 साउन २९, २०७७ बिहिबार १७:३६:४५ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – प्रदेश नम्बरमा १ मा बिहीबार एकैदिन एक सय १५ जना कोरोनाका सङ्क्रमित थपिएका छन् । मोरङमा ८८, सुनसरीमा १९, इलाममा चार, झापा र उदयपुरमा एक/एक, प्रदेश बाहिरका जिल्लाका दुई जनामा सङ्क्रमण देखिएकाे सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितमध्ये मोरङको विराटनगरमा २२ महिला र ३८ पुरुष, बूढीगङ्गामा २५ पुरुष, कटहरीमा दुई महिला र एक पुरुष, सुनसरीको इटहरीमा तीन महिला र १० पुरुष, दुहवीमा तीन पुरुष, धरानमा एक महिला र वराह क्षेत्र र राधुनीमा एक/एक पुरुष रहेका छन्  । इलामको सन्दकपुरमा चार पुरुष, झापाको बिर्तामोडमा एक महिला र उदयपुरकी एक महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ६ सय २६ पुगेको छ ।

प्रदेश १ बाट बिहीबार २२ जना डिस्चार्ज भएका छन् । याेसँगै डिस्चार्ज हुनेको कुल सङ्ख्या एक हजार ४० पुगेको छ ।

एउटै उद्योगमा ३० सङ्क्रमित

सुनसरी–मोरङ औद्योगिक करिडोरका एउटै उद्योगमा कार्यरत ३० जना मजदुरमा एकैपटक कोरोना सङ्क्रमण देखिएको छ । मोरङको बूढीगङ्गा गाउँपालिका १ मा सञ्चालित आरती स्ट्रिप्स प्रालीमा कार्यरत मजदुरहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो उद्योग भारतीय लगानीको हो । यहाँ अधिकांश कामदार भारतीय नै छन् । बूढीगङ्गा गाउँपालिका विराटनगरको छिमेकी पालिका हो ।

उद्याेगमा १२ जना सङ्क्रमित भेटिएपछि उद्याेग सिल गरेर स्वाब सङ्कलन गरिएकाे थियाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया