वाग्मती प्रदेश प्रमुख कार्यालयका सचिवमा काेराेना सङ्क्रमण

 साउन ३०, २०७७ शुक्रबार १४:५८:३८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेशको प्रदेश प्रमुख कार्यालयका सचिवलाई कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

हेटौँडाको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा प्रमुख सचिवमा काेराेना सङ्क्रमण देखिएकाे हो । सचिवलाई कोरोना पुष्टि भएपछि परिवारका सदस्यको पनि पीसीआर जाँचको तयारी भइरहेको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताउनुभयो ।

ज्वरो आउने र घाँटी दुख्ने समस्या भएपछि सचिवकाे कोरोना परीक्षणकाे लागि स्वाबकाे नमुना सङ्कलन गरिएको थियो । उहाँ परिवारसहित हेटौँडामै सुरक्षित रुपमा बस्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया