सिन्धुपाल्चाेक : पहिराे प्रभावित क्षेत्रमा राहत पुग्याे

 साउन ३०, २०७७ शुक्रबार २०:२६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ काे लिदीमा पहिरोमा हराइरहेकाहरुको खोजी शनिबार बिहानदेखि फेरि सुरु हुने भएको छ ।

पहिरोको जोखिम रहेकोले रातको समयमा समस्या पर्ने भएकोले शनिबार बिहानदेखि उद्धारको काम सुरु गरिने जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले पहिरोको जोखिममा रहेका घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । उनीहरुलाई टेन्टलगायत राहतका सामग्री उपलब्ध गराइएको छ ।

पहिरोमा परेकामध्ये आज ११ जनाको शव भेटिएको छ । अरु २७ जना हराइरहेका छन् । पहिरोले ३७ वटा घरमा क्षति पुर्‍याइएकाे छ भने १३ वटा घर पूरै भत्किएका छन् । पहिरोमा परि घाइते भएका पाँच जनाको उद्धार गरी उपचारका लागि चौतारा र काठमाण्डाै पठाइएको छ ।

पहिरो पीडितहरुका लागि हेलिकप्टरमार्फत राहत पुर्‍याइएकाे हाे । यस्ताे छ राहतकाे विवरण–

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया