भारतमा कोरोनाविरुद्धको तीन वटा खोप परीक्षणको चरणमा : प्रधानमन्त्री मोदी

 साउन ३१, २०७७ शनिबार ११:५०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले, भारतमा कोरोना भाइरसविरुद्ध तीन वटा खोप परीक्षणको चरणमा रहेको बताउनुभएको छ ।

७४ औँ स्वतन्त्रता दिवसका अवसरमा लालकिल्लाबाट सम्बोधन गर्दै उहाँले तीन वटा खोप परीक्षणको चरणमा रहेको र स्वीकृति पाएपछि व्यापक परिमाणमा उत्पादन गर्ने बताउनुभएको हो । 

कोरोनालाई लिएर धेरै मानिसमा चिन्ता बढेको र खोप कहिले बन्छ भन्ने जिज्ञासा भएको भन्दै उहाँले भारतले तीन वटा खोप परीक्षण गरिरहेको जानकारी दिनुभएको हो । 

कोरोना संक्रमित धेरै भएका देशको सूचीमा भारत तेस्रो र ज्यान गुमाउने देशको सूचीमा चौथो स्थानमा छ । भारतमा अहिलेसम्म २५ लाख २५ हजारमा कोरोना संक्रमण भएको छ भने ४९ हजारको ज्यान गएको छ । 

संक्रमण पुष्टि भएकामध्ये १८ लाख निको भएका र बाँकी साढे ६ लाखको उपचार भैरहेको वल्ड्रोमिटरले जनाएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया