सप्तरीमा थप २२ प्रहरीसहित २७ जनामा कोरोना सङ्क्रमण पुष्टि

 साउन ३१, २०७७ शनिबार १८:४१:१५ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीमा थप २२ जना प्रहरीसहित २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै सप्तरीमा कोरोना सङ्क्रमितको संख्या ६ सय ६५ पुगेको छ । प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश नं. २ जनकपुर सम्पर्क कार्यालय राजविराजमा कार्यरत २२ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

तालिम केन्द्रका ३५ जनाको स्वाब परीक्षणको रिपोर्टमा उनीहरुको रिपोट पोजेटिभ आएको उहाँको भनाइ छ । यसअघि १२ जना प्रहरीमा कोरोना सङक्रमण पुष्ट भएको थियो । गएको असार ८ गतेदेखि नै सप्तरीमा निषेधाज्ञा जारी गरिएको छ ।

अन्तिम अपडेट: फागुन २८, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया