वीरगञ्जमा ४७ वर्षीय कोरोना सङ्क्रमित पुरूषको ज्यान गयो

 साउन ३१, २०७७ शनिबार २०:१३:३२ | केसी लामिछाने
unn.prixa.net

पर्सा – पर्साको वीरगञ्ज महानगरपालिका–२६ अठराह सुगौली बस्ने ४७ वर्षीय पुरुषको काेराेनाका कारण ज्यान गएको छ ।

स्वास्थ्यमा समस्या महशुस भएपछि नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएकाे केहीबेरमै ती पुरुषको ज्यान गएको हो । अचानक श्वासप्रश्वासमा समस्या देखिएको थियो । नाक र मुखबाट रगत पनि निस्किन थालेपछि उनकाे परिवारले अस्पताल लगेका थिए ।

उनकाे ज्यान गएपछि नारायणी अस्पतालमा काेराेना परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया