८० जना सङ्क्रमित थपिए, चितवनमा डाक्टर र नर्समा पनि सङ्क्रमण

 साउन ३२, २०७७ आइतबार ९:३२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन - प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका ५ जिल्लामा गरी ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

वीरगञ्जमा रहेको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पर्साका ४५ र बाराका दुई गरी ३७ जना पुरुष र १० जना महिलामा कोरोना पुष्टि भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिनुभयो । 

यस्तै चितवनमा डाक्टर र नर्ससहित २७ जनामा कोरोना पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा राति अबेर गरिएको परीक्षणमा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् । 

त्यस्तै गण्डकी प्रदेशका कास्कीका ५ र तनहुँ १ गरी ६ जनामा कोरोना सङ्क्रमण देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिनुभएको छ । पछिल्लो पटक थपिएका सङ्क्रमितको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा आधिकारिक जानकारी दिनेछ ।


 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया