सोलुखुम्बुकाे दूधकुण्डसहित अन्य पोखरी तत्काल फुट्ने संभावना छैन : अध्ययन

 साउन ३२, २०७७ आइतबार ११:४२:१३ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले दूधकुण्डसहित अन्य पोखरी तत्काल फुट्ने संभावना नरहेको निश्कर्षसहितको प्रतिवेदन सार्वजानिक गरेको छ ।

साउन २३ गते बिहान दूधकुण्ड पोखरी मुहान भएर बग्ने सोलु खोलामा पानीको बहाव बढ्नुको आधिकारिक कारण खोज्न त्यस क्षेत्र पुगेको प्रहरी टोलीको स्थलगत अध्ययनपछि तत्काल ताल फुट्ने संभावना नरहेको प्रतिवेदन सार्वजानिक गरिएको हो । 

साविककै अवस्थामा रहेको दूधकुण्ड तालको उत्तरतिर झण्डै २० किलोमिटरमा रहेको चोकर्मा पोखरी फुट्दा खोलामा पानीको बहाव बढेको प्रहरीले पुष्टि गरेको छ । निरन्तर पानी परेपछि पोखरीमा बहाव बढेको र पश्चिमतर्फ कमजोर रहेको ४ मिटर भाग कटान गरी फुटेको प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिनुभयो ।

गएको साउन २२ गते पानीको बहाव बढेपछि पोखरी फुटेको भन्दै स्थानीयले तत्काल स्थलगत अध्ययन गर्न माग गरेका थिए । साउन २८ गते सल्लेरीबाट दूधकुण्ड क्षेत्र गएको प्रहरी टोलीले अध्ययन गरेको हो ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया