भारत : कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ५० हजार नाघ्यो, साढे २५ लाख सङ्क्रमित

 साउन ३२, २०७७ आइतबार १२:०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५० हजार नाघेको छ । 

गएको २४ घण्टामा ९ सय ५० जनाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ५० हजार ९९ पुगेको वल्ड्रोमिटरले जनाएको छ । भारतको स्वास्थ्य मन्त्रालयले भने अहिलेसम्म ४९ हजार ९ सय ८० जनाको मात्रै ज्यान गएको पुष्टि गरेको छ । 

वल्ड्रोमिटरका अनुसार आज यो खबर तयार पार्दासम्म १५ जनाको ज्यान गइसकेको छ भने एक हजार २ सय ९३ जना नयाँ बिरामी थपिएका छन् । यस्तै सङ्क्रमित धेरै भएका देशको सूचीमा तेस्रो स्थानमा रहेको भारतमा सङ्क्रमितको सङ्ख्या २५ लाख ९० हजार नाघेको छ । 

१८ लाख ६२ हजार भने उपचारपछि निको भएका छन् । अहिले विश्वका विभिन्न देशमा गरी कोरोना सङ्क्रमितको सङ्ख्या २ करोड १६ लाख छ । जसमध्ये १ करोड ४३ लाख उपचारपछि निको भएका छन् । ७ लाख ६८ हजारको भने ज्यान गएको छ ।


 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया