मलेसियाले विदेशी श्रमिकको भर्तीमा केही कटौती गर्ने, स्थानीय नागरिकलाई काममा पहिलो प्राथमिकता

 साउन ३२, २०७७ आइतबार १६:४७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियाले विदेशी श्रमिकको भर्तीमा केही कटौती गर्नेे भएको छ ।

मलेसियाले रोजगारदाताहरुलाई विदेशी श्रमिकलाई भन्दा स्थानीय नागरिकको भर्तिमा प्राथमिकता दिनुपर्ने बताएको मलेसियाका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना महामारीको कारण श्रम बजार प्रभावित भइरहेकै बेला मलेसियाले विदेशी श्रमिकको सट्टा स्थानीय नागरिकलाई रोजगारीमा प्राथमिकता दिने निर्णय गरेको हो । केही समयअघि मलेसियाले विदेशी श्रमिकलाई निर्माण, कृषि र प्लान्टेशनको काममा मात्र सीमित गर्ने निर्णय गरेको थियो ।

मलेसियाले कोरोनाको कारण प्रभावित भएका स्थानीय नागरिकलाई रोजगारीका अवसरहरु प्रदान गर्न यो निर्णय गरेको जनाएको छ । तर पनि केही रोजगारदाताले अझै विदेशी श्रमिकको आवश्यकता रहेको भन्दै सरकाले पछिल्लो समय लिएको नीति सञ्चाउनु पर्ने बताउँदै आएका छन् ।

तर मलेसियाले श्रम अवधि बाँकी रहेका श्रमिकलाई पुनः काममा लिनुभन्दा पनि स्थानीय नागरिकलाई कामका प्राथमिकता दिनुपर्ने बताउँदै आएको छ । साथै यदि कामदारलाई पुनः काममा लगाउने हो भने पनि पहिलेकै काममा मात्र लगाउन पर्ने भनिएको छ ।

यसरी काममा लगाउँदा श्रमिकको कोभिड परीक्षण अनिवार्य गरिएको हुन पर्नेछ । गएको महिना मात्रै कोरोनाको कारण ६७ हजार मलेसियन नागरिकको र ४७ हजारभन्दा धेरै विदेशी श्रमिकको रोजगारी गएको अनुमान गरिएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया