मृत्युको संवेदनशीलतामा खेलाँची नगराैँ : स्वास्थ्य मन्त्रालय

 भदौ २, २०७७ मंगलबार १६:४८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको शव उनकै परिवारका व्यक्तिले स्वास्थ्यका मापदण्ड अपनाएर अन्त्येष्टि गर्न सकिने बताएको छ । 

कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको शवबाट निस्कने तरल पदार्थबाट त्यसको प्रत्यक्ष सम्पर्कमा जाने व्यक्तिलाई कोरोना सर्ने सम्भावना रहेकोले तोकिएको स्वास्थ्य मापदण्ड अपनाएर परम्पराअनुसार अन्त्येष्टि गर्न सक्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

तर मृतकका परिवारले नै शव लिन नमानेपछि बाध्य भएर सरकारले नै मापदण्डअनुसार शव व्यवस्थापन गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘परिवारका सदस्यले नै स्वास्थ्य मापदण्ड पूरा गरेर शवको अन्त्येष्टि गर्न सक्छन् तर आफन्तले शव लैजान नमानेपछि हामीले बाध्य भएर सेनाकाे  सहयाेगमा अन्त्येष्टि गर्ने गरेका छौँ ।’

प्रवक्ता गौतमले मृत्यु कसैका आफन्तका लागि संवेदनशील समय भएकोले त्यसको ख्याल गर्न सबैलाई आग्रह गर्नुभयो । शव व्यवस्थापनको फोटो, भिडियो खिचेर अनर्थ लाग्ने गरी सामाजिक सञ्जाल तथा सञ्चारमाध्ययममा आउने गरेको भन्दै उहाँले त्यस्तो नगर्न आग्रह गर्नुभयो । 

गोपनीयताको अधिकारको सम्मान गर्न पनि प्रवक्ता गाैतमले आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया