यो वर्षको अन्तिमसम्म कोरोना भाइरस विरुद्धकाे खोप बजारमा ल्याउने चीनको घोषणा

 भदौ ३, २०७७ बुधबार ९:४५:४१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनले यो वर्षको अन्तिमसम्म कोरोना भाइरस विरुद्धको खोप बजारमा ल्याउने घोषणा गरेको छ ।

चीनको कम्पनी सिनोफार्मले खोपको तेस्रो चरणको परीक्षण चलिरहेको र यो वर्षसम्मको अन्त्यमा बजारमा आइसक्ने घोषणा गरेको बीबीसीले जनाएको छ । सिनोफार्म कम्पनीले बनाइरहेको खोपको तेस्रो चरणको परीक्षण संयुक्त अरब इमिरेट्स यूएईमा चलिरहेको छ । सिनोफार्मका प्रमुख लिउ जिंगझेन आफैँले पनि परीक्षणका लागि खोप लागएको र अहिलेसम्म कुनै नकारात्मक असर नगरेको बताउनुभएको छ ।

चीनको बेइजिङ र वुहानमा एक वर्षमा क्रमश १० दशमलव २ करोड र १० करोड डोज खोप उत्पादन गर्ने प्रयोगशाला रहेको चीनले दाबी गरेको छ । यो खोप दुई डोज लगाए बापत एक हजार युआन अर्थात एक हजार ७ सय रुपैयाँ पर्नेछ । तर चीनकै कतिपय सञ्चार माध्यमले भने यो रकम ग्रामिण क्षेत्रमा बस्ने र कम आए भएकालाई महङ्गो पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

अहिले विश्वमा झण्डै २ सय वटा कोरोना भाइरस विरुद्धको खोपको परीक्षण चलिरहेको छ भने २० भन्दा धेरै मानव परीक्षणको चरणमा रहेका खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया