कोरोना रोकथामको लागि समन्वय गर्न उच्च स्तरीय समिति गठन

 भदौ ५, २०७७ शुक्रबार ११:४५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले प्रदेश, जिल्ला र पालिकामा रहेका अस्पतालसँग कोरोना रोकथामको लागि समन्वय गर्न उच्च स्तरीय समिति गठन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथामको कामलाई प्रभावकारी बनाउन समिति गठन गर्नुभएको मन्त्रालयले जनाएको छ । समितिमा मन्त्रालय वा विभागको ११ औं तहका कर्मचारीको संयोजकत्वमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका शाखा अधिकृत र मन्त्रालयकै जनस्वास्थ्य अधिकृत सदस्य रहने छन् ।

समितिले प्रदेश, जिल्ला र पालिकासँग समन्वय गर्ने र कोरोना बाहेकको अन्य नियमित सेवा प्रवाह गर्न पनि समन्वय गर्नेछ । यस्तै समितिले आइसीयू र भेन्टिलेटरको व्यवस्था गर्न, कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउन, नेपाल प्रवेश गर्ने नाकाबाट प्रवेश गर्ने व्यक्तिलाई मापदण्डअनुसार क्वरेण्टीन र होल्डिङ सेन्टरमा राख्ने र पीसीआर परीक्षणको व्यवस्था लगायतको काममा समन्वय गर्नेछ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया